८ बैशाख २०८१, शनिबार
Follow Us

ला लिगामा रियल मड्रिडको पहिलो हार

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७९, मंगलवार ०५:०६

मड्रिड । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो । खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

४४ औं मिनेटमा अल्भारो ग्रासियाले गोल गर्दै भालेकानोलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा ओस्कार ट्रेजोले गोल गर्दै भालेकानोलाई ३-२ को जित दिलाए ।

यस जितसँगै भालेकानोले १३ खेलमा २१ अंक जोडेको छ । भालेकानो आठौं स्थानमा रहेको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । रियलको यो सिजनको पहिलो हार हो । रियल १३ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।