७ जेष्ठ २०८१, सोमबार
Follow Us

नेपालब्रिटेन डट कम Exclusive : यस्तो छ निर्वाचन प्रक्षेपण, गठबन्धन १०५, एमाले तालमेल ५७

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०७९, मंगलवार १९:५५

लण्डन । आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारीहरु घरदैलोमा व्यस्त छन् । मंसिर ०४ गते हुने प्रतिनिधिसभा निर्वाचनको मत परिणामको प्रक्षेपण समेत हुन थालेको छ ।

नेपालब्रिटेन डट कमलाई प्राप्त एक गोप्य प्रक्षेपण अनुसार आगामी निर्वाचनमा मुख्य रुपमा अधिकांस स्थानमा सत्ता गठबन्धन र एमाले तालमेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रक्षेपण अनुरुप १६५ स्थान मध्ये ३० स्थानमा उच्च प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा झापा १ विश्वप्रकाश शर्मा र अग्नी खरेल, झापा ३ राजेन्द्र लिङदेल र कृष्ण प्रसाद सिटौला, चितवन २ मा रवि लामिछाने र कृष्णभक्त पोखरेल, काठमाण्डौं १ किरण पौडेल र रविन्द्र मिश्र, काठममाण्डौं ५ ईश्वर पोखरेल र प्रदिप पौडेल र बाग्लुङ १ मा चित्र बहादुर केसी र डा. सुर्य पाठकबीच उच्चप्रतिस्पर्धा हुने देखिएको छ ।

प्रक्षेपण अनुसार नेपाली कांग्रेस ६०, नेकपा एमाले ४४, नेकपा माओवादी २६, नेकपा एस ११, जसपा ७, लोसपा ५, राप्रपा ५, नेमकिपा १, प्रगतिशील पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय जनमोर्चा १, र स्वतन्त्र २ जनाले चुनाव जित्ने आकंलन गरिएको छ ।

प्रक्षेपण अनुरुप नतिजा आएका सत्ता गठबन्धन १०५ , एमाले तालमेल ५७ र अन्य ३ जनाले सफलता प्राप्त गर्ने छन् ।