१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेसले निर्णय गरे हामी गगन थापालाई प्रधानमन्त्री स्वीकार गर्छौ : प्रचण्ड

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७९, आईतवार ००:२६

काठमाण्डौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता गगन थापालाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने बताएका छन् ।
एक टेलिभिजन अन्तरवार्तामा दाहालले प्रधानमन्त्री कस्लाई बनाउने भन्ने विषयमा पहिलो निर्णय कांग्रेसले गरेमा पार्टीले सहर्षस्वीकार गर्ने बताए । उनले प्रधानमन्त्री जोभए पनि नेकपा माओवादीले गठबन्धन नछोड्ने बताए ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री थापाले आफुलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जनतासंग भोट मागेर भारी मतले जितेका थिए । उनले नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४० स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १(१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।