१ श्रावण २०८२, बिहीबार
Follow Us

बेल्जियमको लुभेन नगरपालिकामा नेपाली काउन्सिलर चयन

नेपालब्रिटेन डट कम्
५ पुष २०७९, मंगलवार १९:१८

लण्डन् । बेल्जियमको लुभेन नगरपालिकाको नगर कार्यपालिका सदस्यको रुपमा एकजना गैरआवासीय नेपाली चयन भएका छन ।

नगरपालिकाको दुई बर्ष अघि भएको निर्वाचनमा बैकल्पिक सदस्य निर्बाचित भएका सुर्य ढकालले सोही नगरपालिकामा काउन्सिलर पदका सपथ लिएका हुन् । सोमबार देखि जिम्मेवार समालेका ढकालको कार्यकाल आगामी दुई वर्ष रहने छ ।

ढकालले नगर कार्यपालिका बैठकमा कार्यपालिकाकी अध्यक्ष दोरिन मौलेनेइजरसंग सपथ लिएका छन् ।

नेपालमा कानुनको अध्ययन गरेका ढकालले आप्रबासीको हकहितमा काम गर्ने र बिशेष गरी नेपाली समुदायको पहिचानको लागि काम गर्ने बताए ।

धेरै पढिएको