१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्सनललाई आठ अंकको अग्रता

नेपालब्रिटेन संवाददाता
२ माघ २०७९, सोमबार ०६:१८

लन्डन । टोटनहमलाई २–० ले हराउँदै आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको अग्रता लिएको छ । खेलको १४औं मिनेटमा टोटनहमका गोलकिपर ह्युगो लोरिसको आत्मघाती गोलमा आर्सनलले अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

आर्सनलले २०१४ पछि उत्तर लन्डन डर्बीमा टोटनहममाथि दुई गोलको जित निकालेको यो पहिलो पटक हो । जितपछि १८ खेलमा ४७ अंक जोडेको आर्सनल शीष स्थानमा छ ।  दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३९ अंक छ  भने तेस्रो स्थानको न्युक्यासल युनाइटेडको १९ खेलमा ३८ अंक छ । चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको ३३ अंक छ ।