१३ बैशाख २०८१, बिहीबार
Follow Us

महिला च्याम्पियनसिप : नेपाल र भारत भिड्दै

नेपालब्रिटेन संवाददाता
२४ माघ २०७९, मंगलवार ०४:४३

काठमाडौँ । साफ अण्डर २० महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दैछन् । बंगलादेशको ढाकामा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा बङ्गलादेशसँग हार व्यहोरेको नेपालले भुटानमाथि ४-० गोलको जितका साथ पुनरागमन गरेको थियो । भुटानविरुद्ध अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् ।

दुई खेलबाट तीन अङ्क जोडेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। भारत जारी प्रतियोगितामा अपराजित छ । पहिलो खेलमा भारतले भुटानलाई १२-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा बङ्गलादेशसँग भने गोलरहित बराबरीमा रोकियो । चार अंककासाथ भारत शीर्ष स्थानमा छ । समान अङ्क जोडेको बङ्गलादेश दोस्रो स्थानमा छ।

बङ्गलादेशले आजै भुटानसँग खेल्नेछ । राउन्ड रोविन लिगका यी अन्तिम खेलले फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ ।नेपाललाई उपाधि नजिक पुग्न भारतलाई पराजित गर्नु पर्नेछ । भारतलाई फाइनल पुग्न एक अङ्क पर्याप्त हुनेछ ।