१७ असार २०८१, आईतवार
Follow Us

दर्शकले रुचाए ‘ह्यारीकी प्यारी’

नेपालब्रिटेन डट कम्
२९ माघ २०७९, आईतवार १६:५५

लण्डन् । गत शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमाुह्यारीकी प्यारीुले दोस्रो शनिबारपनि दर्शक साथ पाएको छ ।जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमाको व्यापार ‘वर्ड अफ माउथुको सकारात्मक प्रभाव पर्यो । शनिबार राजधानीका लाबिम मल, ओम सिनेमा, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका स्टेशनमा सिनेमाले हाउसफुलको व्यापार गर्यो ।

अन्य हलमा ५० देखि ६० प्रतिशत अकुपेन्सी रहेको कलाकार जितुले जानकारी दिए ।शनिबार जितुसहित साम्राज्ञी, विजय बराल र निर्देशक कपिल रिजालको टिमले लाबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शक प्रतिक्रियापनि लिएका छन् ।व्यापारबाट उत्साहित भएका जितुले आफ्नो सिनेमाले बम्पर ओपनिङ नगरेपनि ‘वर्ड अफ माउथुले लामो समयमा हल टिक्ने विश्वास व्यक्त गरे ।

सिनेमा हेर्ने दर्शकको चाप बढ्दैछ । वर्ड अफ माउथले गर्दा आज प्रदर्शनको नवौं दिनमा पनि हाउसफुलको व्यापार गर्यो । कर्पोरेट लेभलका मान्छेहरुपनि आइराख्नु भएको छ । विशेष गरि परिवारसहित हेर्नेको संख्या ठुलो छ । ‘जितुले शनिबारको व्यापारिक रिपोर्टबारे बताए ।सिनेमाको उत्कृष्ट प्रतिक्रियाले दर्शकमा यसको प्रभाव पर्दैछ । मेरो सिनेमाले बम्पर हानेको छैन । खतम व्यापारपनि छैन । २० गते रिलिज भएको सिनेमाले आजको दिनसम्मपनि दर्शकको साथ पाइराखेको छ । लगातार एउटै अनुपातमा छ ।

आशा छ अझै लामो समय प्रदर्शन जारी हुनेछ ।’ जितु आशावादी देखिए ।दोस्रो शुक्रबारसम्म सिनेमाले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी दिएको छ । आज शनिबारको व्यापारिक रिपोर्टसंगै सिनेमाले करोडको आँकडा छुने अनुमान गरिएको छ ।फरक पृष्ठभूमिका दुई व्यक्तिबीचको सम्झौताको विवाहले जीवनमा आउने परिवर्तनको कथा भन्ने सिनेमाको कथाबस्तुको दर्शकले तारिफ गरेका छन्। यस्तै पहिलो पटक संगै काम गरेका जितु र साम्राज्ञीको जोडीलाईपनि रुचाइएको छ ।जितु, साम्राज्ञी र विजयसंगै सिनेमामा लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रिजालकै कथा रहेको सिनेमामा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।सुदिप बरालको डिओपी, रविन्द्र न्यौपानेको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र युग भुषालरशिखर सन्तोषको संगीत रहेको सिनेमा अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बिआर प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा डा। भोला रिजालको निर्माण छ । सिनेमाको कार्यकारी निर्मातामा मनिष रिजाल, प्रलय रिजाल, सुदिप बराल र जीवन ओली रहेका छन् ।