८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको सहयोगमा साउदीमा अलपत्र नेपाली महिलाको उद्धार

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७९, शुक्रबार ०५:५६

लण्डन् । साउदी अरबमा चार महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ ।
दस वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए । रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए ।

महावाणिज्यदूतावासले तामाङलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो । गैर -आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत बुधबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।