३ असार २०८१, आईतवार
Follow Us

सन्दीपलाई विदेशमा खेल्न जान दिने सर्वोच्चको अनुमति

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७९, सोमबार १५:१७

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान दिने निर्णय सुनाएको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए । नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।