२४ असार २०८२, मंगलवार
Follow Us

हदबन्दी भन्दा बढी जग्गा धितो राखेर ऋण लिन पाउने विधेयक प्रतिनिधिसभामा पेश

नेपालब्रिटेन संवाददाता
३ असार २०८१, आईतवार १३:१६

काठमाडौं । लगानी सहजिकरणसँग सम्बन्धित केही नेपाल ऐनलाइ संसोधन गर्ने विधेयकमा अनुमति माग्ने प्रस्ताव आजको प्रतिनिधिसभाको बैठकले स्विकृत गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले विचार गरियोस भनी पेश गर्नु भएको प्रस्तावलाइ स्वीकृत गरेको हो । लगानी सम्मेलनका क्रममा नीतिगत सुधार गर्नका लागि कानून बनाउन केही ऐन संसोधन गर्न लागिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए ।

प्रस्तावित विधेयकमा हदबन्दी भन्दा बढीको जग्गाको ५० प्रतिशत सरकारको अनुमति लिएर उद्योगको क्षमता बढाउन धितो बन्धक राख्न पाउने ब्यवस्था गरिएको छ । ऐनमा विद्यमान ८ वटा ऐनलाइ एकीकृत रुपमा संसोधनको प्रस्ताव गरिएको छ । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय र अर्थ अन्त्रालयका विनियोजन शीर्षकहरुमाथि छलफल जारी छ । ती ३ वटा मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमा सांसदहरुले आ आफ्नो धारणा राखेका छन् ।

त्यस अघि आजको वैठकमा सांसदहरुले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरेका थिए । बैठकको आकस्मिक समयमा सांसद अच्युतप्रसाद मैनालीले बारामा खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित रहेकाले नागरिकलाइ सुरक्षाको अनुभुति दिलाउन अपराधीलाई छिटो कानुनी दायरामा ल्याउन माग गरे ।

सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराए । मधेस प्रदेशमा गत साता मात्रै चार जनाको गोली हानी हत्या भएको थियो ।

धेरै पढिएको