१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोशी प्रदेश नामको विरोधमा बन्द गर्ने १३ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०५:४१

काठमाडौँ । कोशी प्रदेशको नामाङ्कन विरोधमा चक्काजाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका मध्ये दमकबाट ८, बिर्तामोडबाट ३ र काँकडभिट्टा २ गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोशी प्रदेश नामाङ्कन विरोध गर्दै पहिचानवादीले कोशी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आदिवासी जनजाति आन्दोलनमा उत्रिएका छन् ।