१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कलाकार संघको अध्यक्षमा निरौला र उप्रेतीको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०५:४५

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । यी दुवै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रुपमा रहेका छन् । आफूले राम्रो काम गर्दै आएको दाबी सहित दुवैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् ।

संघले यही आउँदो ४ चैतमा हुने निर्वाचनबाट नयाँ कार्यसमिति तीन वर्षको लागि चयन गर्न लागेकाे हाे । हालका अध्यक्ष रवीन्द्र खड्काले पनि सुरुमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए । तर, शनिबार उम्मेदवारी दर्ता भने गराएका छैनन् ।

शनिबार नै सबै पदका लागि उम्मेदवार परेको थियो । जसमा कलाकार संघका दुई उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनेमा अभिनेत्रीहरु सरिता गिरी, तेजुला खतिवडा, कविता शर्मा गेलाल, अभिनेता विष्णुप्रसाद रिजाल, कलाकार शिवहरी नेपाल वैरागी, डीबी बम्जन र पवनप्रसाद खतिवडा रहेका छन् ।

यस्तै एक महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ भने एक सचिवमा दुई जना, एक कोषाध्यक्षमा दुई जना, एक सहकोषाध्यक्षमा लुई जना र १० केन्द्रीय सदस्यमा २५ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरूले सोमबारसमम उम्मेदवारी फिर्ता लिन पाउने प्रावधान रहेको छ । कलाकार संघको निर्वाचन भने आगामी शनिबार हुनेछ ।