१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लोकप्रिय गायिका समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा लक्ष्मी र अमरको रोमान्स

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७९, शनिबार २२:५१

काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रथम, नग्मा , लक्ष्मी र अमर गज्जबसँग खुलो छन् । जहाँ वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजेका छन् ।

डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ। सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरिरहेका छन् उनले सन्देशमुलक र संघर्षशिल भिडियो सम्पादकका रुपमा आफ्नो राम्रो पहिचान पनि बनाई सकेका छन्।