२१ बैशाख २०८१, शुक्रबार
Follow Us

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्डले मनायो नेपाली नयाँ वर्ष

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७९, सोमबार १८:४९

लण्डन । हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेले नेपाली नयाँ बर्ष २०८० सालको पावन अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । ३ अप्रिल सोमबार सीताराको सभा-हलमा शुभकामना आदान प्रदान सहित मनोरञ्जनात्मक कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि लण्डन स्थित नेपाली दुतावासकी उपनियोग प्रमुख रोशन खनालले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिईन् । समाजको बारेमा संस्थापक अध्यक्ष गगांधर गौतमले जानकारी गराएका थिए । कार्यक्रममा नेपाली समाज वेष्ट मिडल्याण्डका उपाध्यक्ष भिम शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालका राष्ट्रिय चर्चित कलाकारहरु रमेशराज भट्टराई ,सम्झना भण्डारी करिश्मा ढकाल र स्थानीय कलाकारहरुले लाइभ प्रस्तुति दिएका थिए भने सागींतिक साँझ समेत गरिएको थियो ।स्वादिष्ट खाना र राष्ट्रिय चर्चित कलाकारहरुको साथमा म्युजिक सिस्टम हेम बिष्टको डिजेमा उपस्थित दर्शकहरु झुमेका थिए ।

समाजका पूर्व अध्यक्ष शिव खरालले विगत धेरै वर्षदेखि नयाँ वर्षका कार्यक्रम लगायत विभिन्न परोपकारी कार्य गर्दै आईरहेको भन्दै यस वर्ष पनि नेपालबाट राष्ट्रिय कलाकारहरुलाई बोलाएर सबैलाई जमघट गरेर कार्यक्रम गरेको बताए ।

अध्यक्ष राम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव ऋषि सापकोटाले गरेका थिए । खानाको व्यवस्थापन सन्देश गैरेले गरेका थिए भने प्रवेशद्धारमा अतिथिहरुको स्वागतार्थ कोषाध्यक्ष मोति सुवेदी र सह कोषाध्यक्ष सागर गैरे रहेका थिए । त्यस्तै अतिथिहरुको सम्मानमा उपाध्यक्ष लक्ष्मी खनाल खटिएकी थिईन् ।

कार्यक्रममा एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, सिर्जनशील नेपाली समाजका अध्यक्ष नारायण फुयाल,शृजनशिल लेस्टर नेपाल यूकेका पूर्व अध्यक्ष एबम साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष प्रेम आले ,साझा नेपाली समाज युकेका संस्थापक शकंर भण्डारी,सेफ एशोशियसन युकेका अध्यक्ष कोलेश्वर ढकाल, नोटिगंम नेपाली समाजका मुकुन्द खराल, गलकोट समाजका विष्णु चालिसे, समाजसेवी रन बहादुर केसी, शान्ति नेपाली समाजका राम प्रसाद न्यौपाने, मनकामना महिला समुहकी मिना न्यौपाने, संस्थाका निवर्तमान अध्यक्ष गोमा पौड्याल, भूतपूर्व अध्यक्ष मिलन सापकोटा, शिव खराल लगायत झण्डै ३ सय जनाको उपस्थिति रहेको थियो ।