८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्ष डा. केसीले दिए नवनियुक्त परराष्ट्रमन्त्रीलाई बधाई तथा शुभकामना

नेपालब्रिटेन डट कम्
३ बैशाख २०८०, आईतवार १९:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई कार्यकालको सफलताको लागि बधाई तथा शुभकामना दिएकोछ ।
गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा आइतवार पराष्ट्रमन्त्रालयमा पुगेको एक प्रतिनिधिमण्डलले मन्त्री साउदलाई भेटेको हो ।

भेटमा संघका अध्यक्ष डा. केसीले संघले उठाँउदै आएको नागरिकता, एनआरएन नियमावलि परिमार्जन, नेपालमा लगानीका वातावरण लगायतका विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको थियो । भेटमा अर्का अध्यक्ष कुल आचार्य समेत उपस्थित थिए । संघले मन्त्री साउद समक्ष ८ बुँदे माग पत्र समेत प्रस्तुत गरेको थियो ।

सो अवसरमा युरोप क्षेत्रमा यहि मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा अयोजना हुने क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री साउदलाई निमन्त्रण गरिएको थियो ।
भेटमा गैरआवासीय नेपाली संघका सचिब गोबिन्द गौतम, अमेरिका क्षेत्रका संयोजक रामसि पोखरेल, एनआरएनए रसियाका अध्यक्ष शिवमणी भुर्तेल लगायत हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा रवि किरण अधिकारीको उपस्थिति थियो।

यस्ता छन् एनआरएनएका ८ बुँदे माग

१) गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानून आयोगसंग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संम्बोधन गरी कानून ल्याउनको लागि पहल गर्न ।
२) गैरआवासीय नेपाली नागरिकता विधेयकलाई मूर्तरुप दिनुका साथै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्ड, म्यानमार, मलेसिया, फिजी लगायतका देशहरुमा पुस्तौंदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसंग जोड्न तथा सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचयपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न ।
३) गैरआवासीय नेपाली ऐनमा १८३ दिन भन्दा बढी सार्क मुलुक बाहेक अन्य देशमा बसोबास गरी आएका नेपालीलाई गैरआवासीय नेपालीको परिचय दिलाउन तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुलाई पनि सोही परिभाषाभित्र समेट्न ।
४) संविधानको धारा २९१ ले नेपाली नागरिकता नै कायम राखी लामो समय विदेशमा बस्ने अनुमति प्राप्त नेपाली नागरिकको मौलिक अधिकार हनन गरेको हु“दा यथाशिघ्र उक्त धारा परिवर्तन गर्न आवश्यक पहल गरिदिन ।
५) गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिनु हुन ।
६) विदेशमा नेपालीहरुको उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा नियोग स्थापनाका लागि पहल गरिदिन हुन ।
७) नेपाली मूलका विदेशी नागरिक (पीएनओ) र गैरआवासीय नेपाली नागरिक (एनआरएन) कार्डको शुल्क अत्यन्तै मह“गो भएकोले अति न्युन संख्याले मात्र उक्त कार्ड लिएका छन् । तसर्थ पीएनओ र एनआरएन कार्डको शुल्क न्युनत्तम गराउन लागि पहल गरिदिन हुन
८) गैरआवासीय नेपालीहरुको मागहरुको सम्बोधनका लागि अन्तर मन्त्रालयस्तरको कार्यशाला तर्जुमा गरी तत्काल समाधान गर्न ।