८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएका ८० भन्दा बढी देशमा चुनावी चहलपहल

नेपालब्रिटेन डट कम्
८ बैशाख २०८०, शुक्रबार ०२:०८

लण्डन। गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको तयारीको लागि संघका विश्वभर छरिएका राष्ट्रिय समितिमा निर्वाचन चहलपहल शुरु भएकोे छ ।

गैरआवासीय नेपाली संघको विद्यान अनुरुप ती शाखाहरुमा अनिवार्य रुपमा जुलाईभित्र महाधिवेशन गरिसक्नु पर्ने प्रावधान भएका कारणले सदस्यता वितरणलाई तिब्र पारिएको संघका उपमहासचिव रामशरण सिमखडाले जानकारी दिए ।

संघका अनुसार ४० भन्दा बढी देशहरुले केन्द्रीय प्रणाली अन्तरर्गतको एमआईएस (मेम्बर इन्फरमेशन सिस्टम) बाट सदस्यता वितरण शुरु गरेका छन् । जुलाई महिनाभित्र महाधिवेशन नगरेका राष्ट्रिय समितिले आगामी अक्टोवरमा हुने महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

संघको हाल विश्व ८६ देशमा शाखा रहेको छ । दुई दर्जन भन्दा बढी देश विविध कारणले निस्कृय रहेको छन् । ती शाखालाई सकृय बनाउन संघको गत हप्ता सम्पन्न बैठकले उपमहासचिव र सचिवहरुलाई खटाएको छ ।

संघको संशोधित विद्यान अनुसार अक्टोवर महिनामा नयां नेतृत्व चयनको लागि जुलाई महिनाभित्र केन्द्रीय प्रतिनिधिहरुको समेत चयन हुनेछ । संघको विद्यान अनुसार ९० प्रतिशत प्रतिनिधिहरु पुरानो कार्यसमितिका पदाधिकारीहरुले प्राथामिकता पाउने छन् भने १० प्रतिशत प्रतिनिधिहरु नयां कार्यसमितिले सिफारिश गर्ने छ ।

संघको आगामी कार्यकालको लागि अध्यक्षमा डा. बद्री केसी, डा. हेम राज शर्मा, आरके शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, केशव पौडले र शुनिल शाहको नाम चर्चामा छ । संघको निर्वाचन नजिकिदै गर्दा अध्यक्ष पदमा थप उम्मेदवारको चर्चा हुने सम्भवना रहेको छ ।