१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८०, शुक्रबार ०५:५६

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको छ ।

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।

त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे । जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलवाटै बाहिरियो ।