१२ बैशाख २०८१, बुधबार
Follow Us

आइएमई लण्डनको विषेश योजना ३० अप्रिल सम्म लागू हुने

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०८०, बिहीबार १५:००

लण्डन । आइएमई लण्डनले ग्राहकको लागि ३० अप्रिल सम्म विषेश योजना संचालन गर्ने भएको छ । कम्पनीले पहिलो त्रैमासिकको लागि आइफोन १४ को बिजेता घोषा गरेको थियो। आइएमई लण्डन ले आफ्नो अन्लाईन पोर्टल् तथा मोबाईल एप्लिकेसन प्रयोग गर्ने ग्राहकहरुबाट लक्की ड्रको प्रयोग गरेर बिजेता छनिएको जनाइएको छ ।

उक्त कार्यक्रममा मन कान्ति राई, लक्की ड्र मार्फत छानिएकी थिइन् । झन्डै ३०० जना भन्दा बढीको विषेश सहभागीतामा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कर्मा पहाडीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बेलायतस्थित नेपाली दूतावासकी उपप्रमुख रोशन खनाल थिइन् । कार्यक्रमको संचालन बिमला सेनले गरेकी थिइन्।