१३ बैशाख २०८१, बिहीबार
Follow Us

सडक बालबालिकाको सहयोगार्थ मन्त्रालय र एनआरएनबीच छलफल

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०८०, शुक्रबार २०:१३

लण्डन । गैरआवासीय नेपाली संघले सडक बालबालिकाको उद्धारको लागि सहयोग गर्ने भएको छ ।

एक गैरआवासीय नेपालीको प्रतिबद्धता एक सडक बालबालिकाको सहायता परियोजना अन्तरर्गत सो परियोजना लागू गर्ने तयारी गरिएको संघकी सचिव टिका गुरुगंले जानकारी दिइन् ।

सो परियोजनाका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्ण थापा, महिला तथा बालबालिका परिषद्का सदस्यसचिव इन्द्रा ढकाल, ज्ञानेन्द्र श्रेष्ठसँग विशेष छलफल सम्पन्न भयो ।

छलफलमा अध्यक्ष रबिना थापा, सचिव टिका गुरुगं, एनआरएन अमेरिकाका नारायण थापा, संघका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारी लगायतको उपस्थिति रह्यो ।