होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले सरकारको पछिल्लो कदम संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको ठहर गरेको छ।
का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार निर्णय फिर्ता र दिगो पुनर्वासको माग गरिएकाे छ । विस्थापित परिवारका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिँदै महिनौँ अनिश्चिततामा राखेको सरकारले उल्टै अस्थायी आश्रयबाट समेत हटाउन खोज्नु मानवीय संवेदना र करुणाको अभाव भएको कांग्रेसको निष्कर्ष छ। नागरिकलाई हटाएर होइन, उनीहरूको समस्या हटाएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै बैठकले होल्डिङ सेन्टर खाली गराउने निर्णय फिर्ता लिई सुरक्षित र सम्मानजनक पुनर्वास सुनिश्चित गर्न माग गरेको छ।
कांग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेको समिति गठन गरिएको छ।
मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखिसक्नुभएको छ। धारणा राख्ने क्रम जारी रहेकाले अर्को बैठक २०८३ मंसिर ११ गते शुक्रबार बिहान ८:३० बजे केन्द्रीय कार्यालयमा पुनः बस्ने विज्ञप्तिमा उल्लेख छ।
बैठकमा केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, डा. जीवन राना, धनाकुमारी खतिवडा, लिलादेवी बोखिम लिम्बू, कुसुमदेवी थापा मगर, सिता मिजार, डा. केदारनरसिंह के.सी., भीम श्रीस मगर, तिलकबहादुर रानाभाट, उमा दाहाल, शिवबहादुर सुनार, प्रा.डा. अमिता प्रधान शाक्य, सनम वेगम, माइकल रामचन्द्र अर्याल, तीर्थबहादुर लामा, कल्पना तिवारी, अनिता देवकोटा, रामकृष्ण चित्रकार, रेनुका काउचा मगर, डा. प्रमिलाकुमारी गच्छदार, निमा गिरी, अम्बिकाकुमारी चलाउने, जन्मजय तिमिल्सिना, मिनकृष्ण महर्जन, गिताकुमारी यादव, डा. भद्रा पराजुली भण्डारी, खिलानाथ दाहाल, केशव निरौला, वरिष्ठ अधिवक्ता सिताराम के.सी., योगेन्द्रकुमार कुँवर, सुधान्सु कोइराला, डा. प्रेमध्वज लामा, सुशील गुरुङ, महेश खरेल, लेखनाथ पोख्रेल, युवराज पाण्डेय, दिपक भट्टराई, निलकण्ठ रिजाल, लक्ष्मी क्षेत्री पाण्डे, प्रबल थापा, गंगा दाहाल, पुनम लामा, ई. अनुप श्रेष्ठ, राजु परियार, डा. गरिव दास ठाकुर, ई. मि. अशोक कुमार साह, जानुका पन्त, विनिता अधिकारी, अनुज चापागाई, उत्तमराज जोशी, मोहन राना, साजनकुमार महतो, मृदुला कोइराला, ई. रोहित पौडेल, सत्यनारायण थारू, सिए विद्याभुषण कार्की, राजेन्द्र के.सी., सुशील भट्ट, रजनी थापा र भगवती शाहीले धारणा राखेका छन ।
साथै, प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), अमरसिंह पुन (लुम्बिनी) र ललितजंग शाही (कर्णाली) ले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। केन्द्रीय सदस्य बाला अधिकारी तथा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू सीता सापकोटा घिमिरे, डा. बलराम श्रेष्ठ, जीतेन्द्रबिक्रम शाही र चन्द्रा अधिकारी (चन्दा) ले लिखित धारणा पठाएकाे विज्ञप्तिमा जनाइएको छ।

