१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुर्व राष्ट्रपतिले गरिन मदन भण्डारीको शालिकमा माल्यापर्ण

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०८०, बुधबार ०७:१५

काठमाडौं । पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् । कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन ।

स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् । २०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको थियो । उनै भण्डारीको आज ३० औं स्मृति दिवसमा माल्यापर्ण गर्न पुर्व राष्ट्रपति भण्डारी कोटेश्वर पुगेकी हुन ।