१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्व सभासद शेर्पासँग आज पनि बयान लिइने

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८०, बिहीबार ०६:२७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासँग बिहीबार पनि बयान लिइँदैछ ।

बुधबार बयान नसकिएकाले बिहीबार पनि लिन लागिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको हो । शेर्पाले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियो ।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नपोल्न आग्रह गर्दै पूर्वसांसद शेर्पाले ठगी गिरोहका सदस्यसँग हिरासतमै भेट गरेको भनिएको थियो । प्रकरणमा पक्राउ परेकाहरूमध्ये अहिलेसम्म १३ जनाको बयान सकिएको छ ।

बिहिबार शेर्पाको पनि बयान सकिएपछि छानविन प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । अभियुक्तहरुविरुद्ध कम्तिमा ५ मुद्दा आकर्षित हुनेछ । प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कसुर र भ्रष्टाचार कसुरमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो सयम जिल्ला सरकारी वलिकको कार्यालयबाटै राज्यविरुद्धको कसुरमा पनि मुद्दा चलाउन निर्देशन आएको स्रोतले बताएको छ ।