२३ भाद्र २०८२, सोमबार
Follow Us

वीरगञ्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८२, सोमबार १३:१८

वीरगन्ज । वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

पर्साका प्रहरी उपरीक्षक मिश्रका अनुसार युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ ।

भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो ।

धेरै पढिएको