२३ भाद्र २०८२, सोमबार
Follow Us

रास्वपाले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा माग

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८२, सोमबार १०:४६

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाइँले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईँले राजीनामा दिनैपर्छ ।’

उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् ।

‘नेपाली मारेर शासन गर्ने-बच्चा मारेर शासन गर्ने-नेपाल सरकार धिक्कार मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।

धेरै पढिएको