११ बैशाख २०८१, मंगलवार
Follow Us

कानुन समितिको कार्यविधि पारित

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८०, बिहीबार ०६:४०

काठमाडौँ । कानुन न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो ।

कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधि अनुसार विना सूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था रहेको छ । ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्कासन गर्न सक्ने प्रस्तावसहितको कार्यविधि समितिमा प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई स्वीकार गर्दै समितिले सर्वसम्मत रूपमा पारित गरेको हो ।