११ असार २०८१, सोमबार
Follow Us

म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगको उपाधि

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८०, आईतवार ०५:४३

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत हासिल गरेको हो ण्।

एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधि जित्नका लागि निर्णायक बन्याे । त्यसपछि दुवै पक्षवाट कुनै गोल निस्क्न नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधी चुम्न सफल भयो ।

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो ।