१३ असार २०८१, बुधबार
Follow Us

पाकिस्तानसँग नेपाल ९ रनले पराजित

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८०, मंगलवार ०५:४८

काठमाडौ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ए सँग नेपाल ९ रनले पराजित भये । हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनाएके थियो ।

८८ रनको विजयी लक्ष्य लिएर मैदान प्रवेश गरेको नेपाली टोलीका कविता कुवँर र कविता जोशीले मात्र दोहोरो अंकको रन जोडे । ओपनर ब्याट्सम्यान कुँवरले २० र जोशीले १५ रनको योगदान दिएका थिए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न नसक्दा नेपालले पराजय व्यहोर्नु परेको थियो ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाइन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन जोडिन् ।
कविता कुँवरले पहिलो ओभरमा नै इमन फतिमालाई शून्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कविता जोशी, कविता कुँवर र सीता राना मगरले समान २र२ विकेट लिए । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।