२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेमा सर्वसम्मत नेतृत्व चयन गर्न जनसम्पर्क समितिद्धारा उच्चस्तरिय समिति गठन

नेपालब्रिटेन संवाददाता
९ असार २०८०, शनिबार १६:०९

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न नेपाली जनसम्पर्क समिति बेलायतले पहल शुरु गरेको छ ।
समितिका सभापति युवराज गुरुङको सभापतित्वमा फेलथाममा सम्पन्न बैठकले लोकतन्त्रवादी उम्मेदवारबीच एकल उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले जुलाई २३ तारिख हुने एनआरएनए यूकेको निर्वाचनमा उम्मेदवारबीच सहमति खोज्न किरण राईको संयोजकत्वमा चिरन शर्मा र बिनोद मोक्तान रहेको एक उच्चस्तरिय कार्यदलको गठन गरेको छ ।
बैठकले नेपाली जनसम्पर्क समिति बेलायतमा योगदान गरेका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको केन्द्रीय विभागमा सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै पार्टीको प्रचार विभागमा सदस्य मनोनित भएका बिनोद मोक्तानलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बैठकले सिन्धुपाल्चोक नेपाली कांग्रेसका जिल्ला सभापति विकाश लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।