२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको निर्वाचन तयारी पुरा (भिडियो)

नेपालब्रिटेन संवाददाता
१२ असार २०८०, मंगलवार १३:१४

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको जुलाई २२ तारिख हुने निर्वाचनको तयारी पुरा भएको छ ।
निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालले नेपालब्रिटेन डट कमको एक अन्तरवार्तामा निर्वाचनको लागि सम्पूर्ण तयारीहरु अन्तिम चरणमा रहेको बताए । ढकालका अनुसार संघले अनलाइन मार्फत नेतृत्वको लागि निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचन समितिले जुलाई १ तारिख विहान ९ बजे देखी ३ बजे सम्म उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

यस्तै संघका अध्यक्ष सुनिलबाबु खड्काले १६ जुलाईमा हुने साधारणसभामा भाग लिन वेलायतस्थित सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन् । खड्काकाले साधारणसभाको लागि आवश्यक तयारी भैरहेको जनाए ।