२ श्रावण २०८२, शुक्रबार
Follow Us

समाजसेवी अनु खड्काले गरिन ‘ जनसहयोग बाल शिक्षा कोष’ मा सहयोग

नेपालब्रिटेन संवाददाता
२७ असार २०८०, बुधबार २०:४२

काठमाडौं । समाजसेवी तथा हालै सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन (२०२३/२०२५) मा स्वतन्त्र बोर्ड अफ डाईरेक्टर पदकी उम्मेदवार अनु खड्काले ‘जनसहयोग बाल शिक्षा कोष’ मा १० हजार १ ६८ रुपैयाँ ३ ८ पैसा सहयोग गर्नु भएको छ ।

परदेशमा बस्ने नेपालीहरूको साझा तथा परोपकारी संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा नेपालस्थित स्थानीय साझेदार संस्था देउराली फाउन्डेसनले स्थापना गरेको ‘जनसहयोग बाल शिक्षा कोष’मा अमेरिकाको इलिनोइस राज्यमा रहनु भएकी समाजसेवी खड्काले बालबालिकाको शिक्षाम सहयोग पुगोस भनि यो रकम सहयोग गर्नु भएको हो ।

आफुहरुले स्थापना गरेको यस ‘जनसहयोग बाल शिक्षा कोष’ मा जम्मा भएको रकम नेपालको ग्रामिण भागमा रहेका सरकारी विद्यालयको मर्मत सम्भार, व्यवहारिक शिक्षा सिकाइ, शैक्षिक सामग्री वितरण र विद्यालय पूर्वाधार निर्माणमा खर्च गरिने कोषका परिकल्पनाकार तथा एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष माधव मरासिनीले बताउनु भयो ।

५ बर्ष भित्र २० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य राखिएको यस फण्डमा अहिले बिउ पुँजीको रुपमा १ करोड जम्मा गरिने तयारी भैरहेको छ । नेपालको ग्रामिण शिक्षा सुधारमा रुचि राख्ने सबै मनकारी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा आफुहरुले सुरु गरेको यस कोषमा सहयोग गर्न अपिल समेत गरिएको छ ।

देउराली फाउन्डेसनका अध्यक्ष भिम घिमिरेले आफुहरुले सुरु गरेको यस ‘जनसहयोग बाल शिक्षा कोष’ मा सहयोग गर्नु भएकोमा समाजसेवी अनु खड्कालाई धन्यवाद व्यक्त गर्दै गैर आवासीय नेपाली संघको चुनाबमा समेत सफलता प्राप्त होस् भनि शुभकामना दिनु भयो ।

यसै गरि समाजसेबी अनु खड्काले यस महान अभियानमा योगदान गर्न पाएकोमा आफुलाई खुसि लागेको भन्दै सबैलाई यस अभियानमा हातेमालो गर्न अपिल गर्नु भएको छ।

धेरै पढिएको