२० बैशाख २०८१, बिहीबार
Follow Us

चेक गणतन्त्रमा फेफियल भेरिफिकेशन निर्वाचन उत्साहजनक, ९५ प्रतिशत भोट खस्ने सम्भवना

नेपालब्रिटेन संवाददाता
३१ असार २०८०, आईतवार १२:३५

लण्डन । गैरआवासीय नेपाली संघको चेक गणतन्त्रमा पहिलो पटक फेसभेरिपिकेशन प्रविधि मार्फत भएको निर्वाचनमा उत्साहजनक भोट खसेको छ ।

संघको निर्वाचन समितिका संयोजक चिरन्जीबी खड्काका अनुसार फेसभेरिफिकेशन प्रविधि निकै सहज हुंदा मतदाताहरुले निकै उत्साहका साथ मतदान गरेको बताए । खड्काका अनुसार दिउंसो १ बजे सम्म ७५३ मतदाता मध्ये ५८८ जनाले मतदान गरेका छन् ।

करिव ८० प्रतिशत मतदाताले आफ्नो मताधिकारको प्रयोग गरिसकेका छन् । खड्काले सांझ ६ बजे सम्म करिब ९५ प्रतिशत भन्दा बढी मत खस्न सक्ने अनुमान गरे । खड्काले मतपत्र निकै प्रविधिमैत्री रहेको बताए ।

चेक गणतन्त्रमा अष्ट्रेलिय कम्पनी भेरोले अनलाइन भोटिङको जिम्मेवारी लिएको छ।

अध्यक्ष पदको लागि अन्जिला सिंह थापा क्षेत्री, वैकुण्ठ रायमाझी र छविलाल कंडेलबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचन समितिका अनुसार आजै साँझ ७ बजे सम्म परिणाम सार्वजनिक हुनेछ ।