२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए यूके बन्यो केन्द्रमा शुल्क बुझाउने पहिलो एनसीसी

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८०, शुक्रबार २०:२७

पंन्जिकृत र आइसीसी सदस्यको ३५ लाख पठाइयो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले पंन्जिकृत र आइसीसी (केन्द्रीय सदस्य) सदस्यहरुको शुल्क एनआरएनए केन्द्रीय सचिवालयमा पठाएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष सुनिलबाबु खड्कका अनुसार संघको आगामी कार्यकालको लागि तिर्न पर्ने सदस्यहरुको शुल्क २०९१५ डलर र आइसीसी सदस्यको लागि लाग्ने ६ हजार डलर गरि जम्मा २६ हजार ९ सय १५ (करिब ३५ लाख रुपैयां) शुक्रवार केन्द्रमा पठाईको हो ।

यसअघि संघको गत हप्ता सम्पन्न साधारणसभाले सो रकम तत्कालै केन्द्रमा पठाउने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघको विधान अनुसार एक पंन्जिकृत सदस्य वापत ५ डलर र आइसीसी सदस्यले १ हजार डलर सचिवालय संचालनको लागि केन्द्रमा पैसा पठाउनु पर्ने हुन्छ ।

सदस्यता र आइसीसी सदस्यको शुल्क नतिर्ने राष्ट्रिय समितिका प्रतिनिधिहरुले संघको आगामी अक्टोवरमा सम्पन्न हुने ११ औं महाधिवेशनमा भाग लिन र उम्मेदवार बन्न पाउदैनन् ।