२४ असार २०८१, आईतवार
Follow Us

एनआरनएनए चीनको अध्यक्षमा चौलागाईं विजयी

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८०, शुक्रबार २१:०८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरनए) चीनको नेतृत्व निर्मल शर्मा चौलागाईंको काँधमा परेको छ।

शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विस्णुप्रसाद डुमुरुलाई हराउँदै चौलागाईं अध्यक्षमा विजयी भएका हुन्।

चौलागाईंले २०५ मत पाउँदा डुमुरु भने ६० मतमै चित्त बुझाउन बाध्य भए।

निर्वाचनमा २६७ मत खसेको थियो। जसमध्ये २ मत बदर भएको थियो।