२८ आश्विन २०८२, मंगलवार
Follow Us

कांग्रेस बैठकमा आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८०, आईतवार ०५:४८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ । गत मंगलबार देखी सुरू भएको बैठक आज पनि जारी रहने छ । शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजे देखी सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालयमा बस्नेछ ।

गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ आफनो धारणा राखेको केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

उनका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा। आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।

आज बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने छन् ।

धेरै पढिएको