९ मंसिर २०८२, मंगलवार
Follow Us

अब विदेश भ्रमण जाँदा २५ सय डलर सटही सुविधा पाइने

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८०, आईतवार १३:०४

काठमाडौँ । अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलब्ध हुने व्यवस्था थियो ।

उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याइएको हो । विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।

धेरै पढिएको