२१ असार २०८१, बिहीबार
Follow Us

एनआरएनए अन्तराष्ट्रिय युवा संयोजकमा रविन अधिकारीको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८०, मंगलवार ०८:५२

लिस्वन । गैरआवासीय नेपाली संघको युवा संयोजकमा रविन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

लिस्वनस्थित युवा व्यवसायी अधिकारीले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने ११ औं महाधिवेशनमा सो पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उनी गैरआवासीय नेपाली संघ प्रोर्चुगलका निवर्तमान अध्यक्ष समेत हुन् ।

‘संघको साधारण सदस्य देखी एनआरएनए प्रोर्चुगलको अध्यक्ष समेत भएर काम गर्ने अवसर पाए, अब केन्द्रीय नेतृत्वसंग मिलेर काम गर्ने बिचार गरेको छु’ अधिकारीले नेपालब्रिटेन डट कमसंग भने ।

उनी यसअघि एनआरएनए प्रोर्चुगलको युवा संयोजक समेत थिए । धादिङमा जन्मिएका अधिकारले सन् २०१३ देखि यहाँ व्यवसाय गर्दै आएका छन् । उनको रेष्टुरेन्ट लगायत बिभिन्न क्षेत्रमा लगानी रहेको छ ।

संघको आगामी महाधिवेशनको लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा आउने क्रम जारी रहेको छ । यसअघि अध्यक्ष पदमा डा. बद्री केसी, रविना थापा, डा. हेम राज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले उम्मेदवारी दिने घोषणा गरेका छन् । महासचिवमा गौरीराज जोशीले उम्मेदवारी दिने तयारी गरेका छन् ।