१५ बैशाख २०८१, शनिबार
Follow Us

स्पेन पहिलो पटक फाइनलमा

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८०, मंगलवार १२:०२

काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा स्विडेनलाई पराजित गरि स्पेन पहिलो पटक फाइनल प्रवेश गरेको छ । मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

सुरुआती ६ संस्करणमा सहभागीता नजनाएको स्पेन सातौं संस्करणमा समूह चरणबाट तथा गत संस्करणमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । स्पेनको जितमा साल्मा पोरेलु र ओल्गा कार्मोना ले समान १-१ गोल गरिन्। उता स्विडेनका लागी ब्लोभिस्टले १ गोल गरिन् ।

स्पेनले अब उपाधिका लागी बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासॅंग खेल्नेछ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र सह-आयोजक अष्ट्रेलिया खेल्नेछन् ।