१५ बैशाख २०८१, शनिबार
Follow Us

म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०८०, सोमबार ०६:३५

लन्डन । गएराति सम्पन्न प्रिमियर लिगका खेलहरुमा साविक विजेता म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी भएका छन् । सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोल, लिभिरपुलले न्यूक्यासललाई २–१ ले र भिल्लाले बर्नालीलाई ३–१ ले पराजित गरेको हो ।

आइतबार राति न्युकासलको सेन्ट जेम्स पार्कमा एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले लिगमा दोस्रो जित दर्ता गरेको हो। १० खेलाडीमा समेटिएको लिभरपुललाई जित दिलाउने क्रममा दुवै गोल डार्बिन नुनेजले गरेका थिए। २५ औं मिनेटमै एन्थोनी गोर्डोनले गोल गरेर न्युकासललाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा डच डिफेन्डर अलेक्जेन्डर इजाकलाई मैदानमा लडाएपछि भृगिल भान डाइकलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। त्यसपछि लामो समय लिभरपुल खेलमा फर्कन सकेन।

यता, सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरेको हो । सेफिल्डको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रोड्री र हालान्डले समान १र१ गोल गरे । सिटी ३ खेलमा शतप्रतिशत जितका साथ शीर्ष स्थानमा उक्लिएको छ । गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले बर्नलेलाई ३–१ ले पराजित गरेको छ । बर्नलेको मैदानमा पाहुनाटोली एस्टोनले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो ।

एस्टोनलाई जिताउन म्याटी क्यासले २ तथा मोउसा डयाबेले एक गोल गरे । बर्नलेका लागि लेइल फोस्टरेले सान्त्वना गोल फर्काए । जितसंगै ३ खेलमा ६ अंकसहित एस्टोन तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।