२४ बैशाख २०८१, सोमबार
Follow Us

प्लेन चढेर पुग्ने पर्यटकलाई चितवनका होटलमा पच्चिस प्रतिशत छुट

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार ०८:१३

चितवन । हवाई मार्ग प्रयोग गरेर चितवन जिल्लामा भित्रिने पर्यटकका लागि होटल ब्यवसायीले पच्चिस प्रतिशत छुटको घोषणा गरेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि पर्यटक भित्र्याउन होटल ब्यवसायीले पच्चिस प्रतिशत छुटको ब्यवस्था गरेका हुन ।
भूकम्प अघिका वर्षहरुमा यो समयमा ६० प्रतिशत होटल बुकिङ हुने गरेको भएपनि अहिले ४० प्रतिशत मात्रै होटल बुक हुन थालेपछि निरास भएका ब्यवसायीले छुटको घोणासँगै पर्यटक बढने अपेक्षा गरेका छन् । सडकको अवस्थाकै कारण २० प्रतिशत पर्यटकमा कमी आएको ब्यवसायीको निस्कर्ष छ । चितवनका होटलहरुमा आठ अर्ब रुपैयाँभन्दा बढी लगानी छ । चितवनमा एक सय ५० वटा पर्यटकीय होटल संचालनमा छन् । ति मध्ये अधिकांश सौराहामा रहेका छन् । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु चितवन पुग्ने गर्दछन् ।