३० असार २०८२, सोमबार
Follow Us

संविधान दिवसको अवसरमा विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८०, शनिबार ०६:३७

काठमाडौं- सरकारले संविधान दिवसको दिन राष्ट्रपतिबाट प्रदान गर्ने विभूषणलाई थप मर्यादित र व्यवस्थित गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले हाललाई विभूषण वितरण स्थगित गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

विभूषणलाई मर्यादित र व्यवस्थित गरी सम्मानको गरिमा बढाउन र राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तराष्ट्रिय अभ्यास र विभूषण सम्बन्धि कानुनको समेत अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदलललाई ३ महिना समय दिइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले कर प्रणाली सुधारको लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको छ । शुक्लापाँट राष्ट्रिय निकुञ्जबाट पीडित जनताको समस्याको स्थायी समाधानको लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

नजिकीदै गरेको चाडबाडलाई लक्षित गरेर साल्ट ट्रेडिङ करपोरेशन र खाध्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार छुटमा १० /१० हजार मेट्रिक टन चिनी आयत गर्ने छुट दिने निर्णय पनि बैठकले गरेको छ ।

धेरै पढिएको