१२ श्रावण २०८१, शनिबार
Follow Us

बेल्जियममा तीजको रनौक (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
३ आश्विन २०८०, बुधबार २१:५३

लुभेन । नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर बेल्जियमस्थित नेपाली महिलाहरुले पुजा गरेका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारादा घितालको सकृयतामा सोमवार लुभेनमा आयोजित कार्यक्रममा महिलाहरुले आआफ्नो प्रस्तुति दिए।

स्थानीय अन्नपूर्ण रेष्टुरेन्टमा आयोजित कार्यक्रममा रातो साडी, चुरा, पोते लगाएका महिलाहरूको समूह, तस्बिर र भिडियोहरूले नेपाललाई बिर्साएको छ।

ब्यस्त कामकाजी महिलाहरूका लागि तीज विशेष बनेर आउने कार्यक्रम संयोजक घितालले जनाइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटा, महासचिव रुविना शर्मा, एनआरएनए अभियान्त अनुजा प्रधान लगायतको तीन दर्जन महिलाहरुको उपस्थिति थियो ।

कार्यक्रमले नयाँ पिढीलाई पुजाले चाडपर्व, संस्कार र संस्कृति बुझाउन सजिलो हुने विश्वास आयोजकको रहेको छ ।

कार्यक्रममा मल्लिका कार्कीले आफ्नो कृष्ण भजन लगायत विशेष प्रस्तुती दिएकी थिइन् । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी‘….यति धेरै मान्छेहरुको बीचमा‘….अच्छालिकीन लण्डनको चिसोले समाउला‘…..लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमलाई सफल पार्न संगिता थापा क्षेत्री, सरु श्रेष्ठ गुरुङ, जानु नेपाल, रस्मी निरौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको सुरुआतमा पंण्डित राम ढुंगानाले मन्दिरमा महिलाहरुलाई हरितालिका पूजा गराएका थिए ।