२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अध्यक्ष डा. बद्री केसी मलेसियामा

नेपालब्रिटेन डट कम्
६ आश्विन २०८०, शनिबार ०६:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष डा. बद्री केसी मलेसिया पुगेका छन् ।

संघको ११ औं महाधिवेसमा अध्यक्ष पदको लागि पुनः उम्मेदवारी घोषणा गरेका केसीले एनआरएनए मलेसियाद्धारा आयोजित कार्यक्रममा सहभागी हुने भएका छन् ।

संघका युवा उपाध्यक्ष रोशन थापा सहितको टोली क्वालालम्पुर विमानस्थलमा शनिवार पुग्दा एनआरएनए मलेसियाको अध्यक्ष विनोद थापाले स्वागत गरेका थिए । स्वागतको लागि संघका बरिष्ठउपाध्यक्ष आरके महतो, उपाध्यक्ष रन्जित क्षेत्री, कोषाध्यक्ष बालधोज लिम्बु सहितको टोली विमानस्थलमा पुगेका थिए ।

डा. केसी मलेसियाको भ्रमण पछि मध्यपूर्वका देशमा पुग्ने छन् ।