काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टचारको छानबिन गर्छु भनेर ‘ब्लाकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् । ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्लाकमेलिङमा लागेको उनको आरोप छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर भनेर सरकारले ब्लाकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्धा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्धा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’
ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्लाकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।
प्रचण्ड सरकार देशलाई टाट पल्टाउन उद्यत छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । मुलुककाे अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धरासयी हुदाँ पनि बर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए । ‘अर्थतन्त्र धरासयी भईसकेको छ, सरकार बैंकहरुसँग ऋण मागेर कर्मचारीलाइ तलब खुबाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋणा माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’
सरकार रेमिटयान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ । ‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धरासयी हुदाँ पनि अलिकति पनि गम्भिर छैन्,’ उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।’