२१ बैशाख २०८१, शुक्रबार
Follow Us

इजरायल आतंकवादी आक्रमण : एनआरएनए ल्यायो २४ घण्टे हटलाइन सेवा

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०८०, सोमबार २२:५१

लण्डन। इजरायलमा शनिवार भएको आतंकवादी आक्रमणका कारण पिडित नेपालीको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ घण्टे हटलाइन सेवा संचालन गरेको छ । 
संघले इजरायलमा रहनुभएका नेपालीहरुको सुरक्षा गैरआवासीय नेपाली संघको पहिलो प्राथमिकता भएको जनाएको छ । 

आक्रमणका कारण संकटमा परेका नेपालीहरुको सुरक्षा र उद्दारका लागि पहल गर्न संघले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली राजदुतावास इजरायल  लगायतका त्यहाँ सक्रिय नेपाली संघ–संस्थाहरुसँग निरन्तर समन्वय गरिरहेको  संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए । 

हटलाइनमार्फत प्राप्त समस्या र गुनासोलाई इजरायलस्थित संघको राष्ट्रिय समन्वय परिषद्, दूतावास तथा सम्बन्धित निकायसम्म  पुर्याउन  मद्दत गरिने संघले जनाएको छ।  

सेवा लिन तपशिलमा उल्लेखित संघका कर्मचारीहरुलाई सम्पर्क गर्न  सकिने संघले जनाएको छ ।  
तपशिल :
राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत) ९८०१८६११००
बन्दना शर्मा (सहायक निर्देशक) ९८०१८६११०१
इन्द्रलक्ष्मी घिमिरे ( सञ्चार तथा वैदेशिक रोजगार अधिकृत)   ९८०१८६११२३