२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूरोप महिला संयोजकमा प्रसुना कंडेलले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०८०, बुधबार १०:४६

लण्डन । बेलायतको नेपाली डायस्पोरामा चर्चित नर्स, कलाकार एवं मोडल प्रसुना कंडेलले एनआरएनएको ११ औं महाधिवेसनमा ‘युरोप क्षेत्रीय महिला संयोजक’ मा उम्मेदवारी दिने भएकी छन् ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी पूर्व अध्यक्ष एवं एनआरएनए यूके महिला संयोजक समेत रहनुभएकी कंडेलले सामाजिक कार्यलाई निरन्तरता दिन एनआरएनएको महिला युरोप संयोजकमा उम्मेद्वारी घोषणा गरेको बताइन् ।

सन् २००५ सेप्टेम्बरदेखि बेलायत बस्दै आउनुभअएकी प्रसुनाले नर्सिङ, च्यारिटी काम, मोडलिङ र अभिनयका विभिन्न क्षेत्रमा रहेर काम गर्दै आएकी छन् ।

कडा परिश्रम, संकल्प, समर्पण र इमान्दारीता आफ्नो मूलमन्त्र र सफलताको कारक मान्ने उहॉ क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट हुन् ।

रोयल कलेज अफ नर्सिङको लर्निङ एण्ड डेभलप्मेन्ट एण्ड हेल्थ एण्ड सेफ्टी प्रतिनिधि समेत रहेकी प्रसुनाले यूनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा स्नातकोत्तर गरेकी छन् ।
हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुना नेप्लिज वुमन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर्स यूकेको महासचिव भइसकेकी छन् ।

विश्वव्यापी फैलिएको कोभिडको समयमा आईसीयूमा बिरामीको सेवा गरिरहेकी उनले सामाजिक सञ्जाल मार्फत पनि कोभिड सम्बन्धी सचेतना चलाउँदै आएकी थिइन् ।

महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उहॉ नेपालको धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा खटिएकी थिइन् ।