१२ श्रावण २०८१, शनिबार
Follow Us

मिस युनिभर्समा ग्यरेटले शान्तिको सन्देश प्रवाह गर्ने

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०६:०२

काठमाडौं । साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिने भएकी छन् ।

मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनी राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले हिजो आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।

विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लाग्नुभएको आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए ।