राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा प्रवासी नेपालीलाई सम्बोधन
लण्डन । प्रवासी नेपाली एकता मन्च अन्तरास्ट्रिय समितीको अग्रसरतामा हाल स्पेनको भ्रमणम रहनु भएका राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा बिश्वभर छरिएर रहेका प्रवासीहरूको समस्याहरुको बारेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको सभापतित्व मञ्चका अन्तर्राष्ट्रिय तथा युकेका अध्यक्ष भक्त गुरुङले गरेका थिए र संचालन मञ्चका अन्तर्राष्ट्रिय समितीका सचिव तथा अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले गरेका थिए।
यस मञ्चका पाँचै महादेशका नेताहरुको मन्तब्य सुने पश्चात प्रमुख अथितीले प्रबासमा रहेका नेपालीहरूको समस्याहरूको समाधानको लागी सहजीकरण गर्ने प्रतिबद्धता गरे। ढुलो संख्यामा प्रवासी श्रमिक रहेका मुलुकहरु दक्षिण कोरिया, मलेसिया, मध्यपुर्वका देशहरू लगायतका देशहरुमा रोजगारी सुरक्षा, नेपाली राजदुतावासको कामलाई प्रभाबकारी बनाउँन र राष्ट्रिय आम्दानीको मुख्य मेरुदण्डको रूपमारहेको श्रमिक पैठारीलाई अझै प्रभाबकारी र ब्यबस्थित बनाउँन संबन्धित देशहरूसंग सरकारी स्तरबाट बार्ता वा संवाद गर्न समेत नेपाल सरकारलाई सुझाब पुर्याईदिन अनुरोध गरियो।
त्यसैगरी अमेरिकन,युरोप, अष्ट्रेलियिन क्षत्रहरूमा रहेका गैरआवासीय नेपालीहरूको अत्यन्तै चासो र सरोकारको बिषय नेपाली नागरिकताको निरन्तरता र यिनीहरुले पाउँने संबैधानीक र कानूनी हक अधिकारहरूको बारेमा समेत गुनासाहरु राखियो ।यस सम्बन्धमा प्रमुख अथितीले संबिधानको धारा १४ को सिमाभित्र रहेर उक्त धाराले प्रत्याभुती गरेका अधिकारहरूको कार्यन्वयनको लागी संसदमा विचाराधिन रहेको नेपाली नागरिकता ऐनलाई यथासिघ्र गैरआवासीय नेपालीहरूको चाहना र हित अनुकुल पास गराउँन समेत अधिकतम् पहल गर्ने प्रतिबद्धता गरे।
साथै बिदेशमा रहेका नेपालीहरूलाई समेत निर्वाचनमा मतदानको अधिकार उपभोग गर्न सक्ने भौतिक बाताबरणको आगामी निर्वाचन सम्ममा ब्यबस्था गर्न नेपाल सरकारलाई सुझाव दिने आस्वासन समेत दिए।
प्रमुख अथिती आफु गैरराजनीतिक पदमा बहाल रहेतापनि पार्टी एकता र राष्ट्रिय सहमतीबाट मात्रै देशले आशातित सफलता हासिल गर्न सक्ने आफ्नो बिश्वास रहेको कुरा समेत सहभागीहरुलाई अबगत गराए।

