१७ भाद्र २०८२, मंगलवार
Follow Us

पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ कार्तिक २०८०, आईतवार १४:०९

रामपुर । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटनास्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा तीन महिला एक पुरुष र दुई बालकको ज्यान गएको छ । घाइते चालकका ईश्वरबहादुर लोहनीका अनुसार कृष्णबहादुर लोहनी (६५) पुरुष, चुना धिताल (५५) महिला, सविना धिताल (३५), पार्वती लोहनी (५५), सोविस लोहनी (११), अढाइ वर्षका बालक रहेका छन् । उनीहरुको ठेगाना खुल्न सकेको छैन ।

आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीपदुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

धेरै पढिएको