२४ बैशाख २०८१, सोमबार
Follow Us

समानान्तर समितिमा बस्दिन् : राज रेग्मी, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
६ कार्तिक २०८०, सोमबार ०१:३२

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष राज रेग्मीले पराजित समूहले गठन गरेको समितिमा नबस्ने घोषणा गरेका छन् ।

संघका पूर्व उपाध्यक्ष आरके शर्माले नाममा गठित समितिमा उपाध्यक्ष पदमा नाम राखे पछि राज रेग्मीले सो समूहमा नबस्ने घोषणा गरेका हुन् ।

अधिकारीले सोमवार एक विज्ञप्ति जारी गर्दै संघ भित्रको समस्याको समाधान नभएसम्म सामाजिक सञ्जालमा कहीं कतै नाम नजोडीदिन अनुरोध गरेका छन् ।

प्रेश बिज्ञप्ती ।
बिश्वभर छरिएर रहनु भएका सम्पूर्ण आदरणिय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता, शुभेच्छुक, डेलिगेटसज्युहरु एवं सञ्चारकर्मी मित्रहरू सबैमा सम्मान पुर्बक नमस्कार साथै देश- बिदेशमा रहनुभएका यहाँहरु सबैमा बिजयादश्मी २०८०को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

आशन्न निबार्चनबाट मलाई यहाँहरुको अमूल्य मत दिएर एनआरएनए आईसीसीको उपाध्यक्षमा निर्वाचित गराऊनु भएकोमा सम्पूर्ण महाधिवेशन प्रतिनिधीज्यूहरु, मेरा शुभचिन्तक साथीभाईहरु र समर्थकज्यूहरुप्रती उच्च सम्मान र कदर व्यक्त गर्न चाहन्छु ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२३-२०२५ कार्यकालका लागी १९ अक्टोबर २०२३ का दिन सम्पन्न निर्वाचन पश्चात निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचनको नतिजामा केहि उम्मेदबारहरुको मतपरिमाणमा केही प्राविधिक त्रुटी र आशंका आए पश्चातबाट हामी सबैमा केही फरक दृस्टीकोणहरु आएको सबैमा अबगतनै छ। हाम्रो पवित्र संस्थाको उदेश्य प्राप्तिको लागि हामी सबै सहकार्य र एकताका साथ अगाडि बढ्नुपर्ने अहिलेको आबश्यक्ता हो ।

निर्वाचनको प्रारम्भिक नतिजामा आएका केही त्रुटी लाई १५ दिन भित्र भेरोभोटिङ , निर्वाचन समिति र केही प्रबिधि बिज्ञहरुको अनुसन्धानबाट आएको निर्णयलाई सर्बसहमती गर्ने भन्ने भद्र सहमति पछि उक्त समयको पर्खाइमा म तटस्थ रहदैं तत्काल सपथ ग्रहण नगरेको र भर्खर गठन गरेको समानान्तर कमिटीमा पनी कुनै पदमा तत्काल नरहेको जानकारी यसै बिज्ञप्ति मार्फत सम्पुर्णमा अवगत गराउन चाहान्छु तसर्थ निर्धारण गरिएको समयमा बिज्ञहरुबाट आएको नतिजासम्म सबै पक्षहरु धैर्य रहन सबैमा विनम्र अनुरोध गर्दछु ! म निस्वार्थ भावनाका साथ समाजसेवाप्रती प्रेरित भएर देशको समृद्धीको लागी सदैव NRN एकताको पक्षमा उभिदै आएको छु तसर्थ यो सत्य तथ्य जानकारी सहित समस्याको समाधान नभएसम्म सामाजिक सञ्जालमा कहीं कतै मेरो नाम नजोडीदिनुहुन पनि सम्पूर्णमा अनुरोध गर्दछु ।

गैरआवासीय नेपालीहरुको हकहित र समृद्ध नेपाल बनाउने हाम्रो साझा अभियानलाई सार्थक बनाउन विचलित नभई निरन्तर यो अभियानमा यहाँहरुसंग हातेमालो, सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बाचा व्यक्त गर्दछु ।

तपाईंहरुको स्नेही ।
राजु रेग्मी (राज)
उपाध्यक्ष
२०२३-२०२५ कार्यकाल
गैरआवासीय नेपाली संघ ।
अन्तराष्ट्रीय समन्वय परिषद