२० बैशाख २०८१, बिहीबार
Follow Us

साविक विजेता इङ्ग्ल्यान्डको दोस्रो जित

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०८०, बिहीबार ०५:२५

नयाँ दिल्ली । आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको साविक विजेता इङ्ग्ल्यान्डको जारी विश्वकपमा दोस्रो जित हो ।

जितसँगै तालिकामा ४ अंक बनाएको इङ्ग्ल्यान्ड सातौं स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जित निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्ने छन् । त्यसका लागि तालिकाको ८ औं स्थानमा रहन अनिवार्य छ ।

हिजो भएको आठौ खेलमा इङ्ग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रनको बलियो स्कोर बनाएको थियो । जवाफमा नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रन मात्रै बनायो ।

इङ्ग्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रनको उत्कृष्ट शतक खेले । स्टोक्सले विश्वकपमा आफ्नो पाँचौं शतक पूरा गरे । अव इङ्ल्यान्डले अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ ।

आजबाट विश्वकपको समुहका अन्तिम खेलहरु हुँदैछन् । जस अन्तरत आज दिउँसो सवा २ बजे चौथो स्थानमा रहेको न्युजिल्याण्ड र नवौ स्थानमा रहेको श्रीलंका विच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनलको प्रतिस्पर्धामा रहेका न्युजिल्याण्ड पाकिस्तान र अफगनिस्तान यी तीन देशको समान ८ अंक छ । अंक तालिकमा नेट रनरेटका आधारमा न्यूजिल्याण्ड अगाडि छ । पाकिस्तान दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ । त्यसैले समुहको अन्तिम खेलबाट सेमिफाइनलमा पुग्ने अन्तिम एक टोलीको टुङगो लाग्नेछ ।